‘सरकारले शासन गर्ने नैतिक आधार गुमायो’ : देउवा

‘सरकारले शासन गर्ने नैतिक आधार गुमायो’ : देउवा


काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको बताएका छन् । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।

सरकारले कोरोना नियन्त्रणका लागि कुनै रणनीति नै नबनाएको भन्दै देउवाले अत्यन्त विषम अवस्थामा भ्रष्टाचारको विषय सार्वजनिक हुनु ले सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित लागेको बताए ।

देउवाले कोरोनाका कारण विदेशमा रहेका नेपालीको उद्धारमा सरकारले कुनै योजना नबनाएको भन्दै आपत्ति जनाए । कोरोनाबाट हुने क्षतिको अध्ययन गरी तत्कालै दीर्घकालीन रणनीति बनाउन सरकार चुकेको देउवाको आरोप थियो ।

Logo