1
1

अटो बजारमा कोरोना असरः स्थगित भयो नाडा अटो शो

1
1
1

काठमाडौं ।

यस वर्षको नाडा अटो शो स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणका कारण नाडा अटो शो स्थगित भएको हो । सरकारले ठूला भेला, कार्यक्रम लगायत नगर्न निर्देशन दिएपछि नाडाले यस वर्षको अटो शो स्थगित गर्ने निर्णय गरेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

नाडाले हरेक वर्ष दशैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै ‘नाडा अटो शो’ गर्दै आएको थियो । सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेको तीन सातामै कोरोना संक्रमणको दर बढेपछि नाडाले अटो शो रोक्ने निर्णय गरेको हो । सरकारले कोरोना भाइरसको संक्रमण फैलिरहेकाले भिडभाड नगर्न आग्रह गर्दै आएको छ । अध्यक्ष दुलालले कोभिड–१९ संक्रमणका कारण भदौमा अटो शो हुन नसके पनि आगामी फेब्रुअरीमा आयोजना गर्न सकिने बताए ।

नाडाले विगत १० वर्षदेखि हरेक वर्ष अटो शो गर्दै आएको थियो । यस अवधिमा अटो सम्बन्धी विभिन्न कम्पनिले नयाँ नयाँ अफरका साथ योजनाहरु सार्वजनिक गर्ने गर्थे । यस अवधिमा अटोको कारोबार पनि निकै राम्रो हुने गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले पनि गाडी खरिदका लागि फाइनान्सिङ सुविधा दिँदै आएका थिए । तर यस पटक भने अटो शो स्थगित भएसँगै कारोरबारमा पनि गिरावट आउने व्यवसायीको भनाइ छ ।

गत वर्ष १४ औँ नाडा अटो शो भदौ १० गतेबाट सुरु भएको थियो । यस अटो शो मा चारपाङ्ग्रे सवारी विक्रेता २३ र दुई पाङ्ग्रे सवारीका १९ विक्रेता कम्पनीको सहभागिता थियो । गत वर्ष ५ अर्बको हाराहारीमा कारोबार भएको थियो ।

प्रकाशित: २७ साउन २०७७ १२:२० मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी