1
1
1
1
1

राष्ट्र बैंकका गभर्नर अधिकारी आइसोलेशनमा

1
1
1
1
1
1

काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइशोलेशनमा बसेका छन् । कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि गभर्नर अधिकारी आइसोलेसनमा बसेका हुन् । गभर्नर अधिकारी गत शुक्रबारबाट आइसोलेसनमा बसेको राष्ट्र बैंकले जनाएको छ ।

एक इन्जिनियरले ब्रिफिङ गर्दा गभर्नर अधिकारी सम्पर्कमा आएका थिए । जसका कारण आफूलाई पनि हुन सक्ने भन्दै गभर्नर अधिकारी आफै आइशोलेशनमा बसेको राष्ट्र बैंक स्रोतले जनाएको छ । गभर्नर अधिकारीले अहिले घरबाटै काम गरिरहेका छन् ।

त्यसो त यस अघि राष्ट्र बैंकका गभर्नरसहित अधिकांश कर्मचारीहरुको कोरोना संक्रमण परीक्षण भइसकेको छ । तर सो पछि पनि संक्रमितको सम्पर्कमा आएका कारण स्वेच्छाले अधिकारी आइशोलेशनमा बसेका हुन् ।

प्रकाशित: १ भदौ २०७७ १६:१८ सोमबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी