1

'सकेसम्म डिजिटल कारोबार गर्नु'– राष्ट्र बैंक

1
1
1

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै एटीएममा प्रशस्त पैसा राख्न निर्देशन दिएको छ । साथै त्यसको निगरानीको ब्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकका शाखा खोल्दा भीडभाड बढ्ने भन्दै राष्ट्र बैंकले शाखा खोल्नु भन्दा डिजिटल कारोबारमा बढी केन्द्रीत हुन भनेको छ ।

तर अत्यावश्यक वस्तुको आपूर्ति गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टी लगायतका कारोबार भने संचालन हुनेछन् । राष्ट्र बैंकले शाखा खोल्नु परेमा स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने भनेको छ ।

प्रकाशित: ३ भदौ २०७७ १७:५६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी