२७ साउन २०७९ शुक्रबार
1
1
1
1

डलरको भाउ ओरालो लाग्न थाल्यो, नेपाललाई कस्तो प्रभाव पर्छ ?

1
1
1
1
1

काठमाडौँ । अमेरिकी डलरको भाउ घट्न थालेको छ । अमेरिकी डलरको भाउ एकैदिन ८५ पैसाले घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक डलरको भाउ ११९ रुपैयाँ २० पैसा तोकेको छ । सोमबार एक डलरको भाउ १२० रुपैयाँ ५ पैसा थियो । लामो समयदेखि डलरको भाउ स्थिर जस्तै रहेकोमा मंगलबारदेखि घट्न सुरु गरेको हो । लामो समय १२० रुपैयाँको वरीपरी रहेको डलर घट्न सुरु गरेको हो ।

भारत सरकारले बैंकहरुलाई बलियो बनाउन विशेष नीति ल्याउने चर्चा चलेसँगै भारु बलियो बनेको थियो । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेको छ । जसका कारण भारु बलियो भएसँगै नेपाली रुपैयाँ पनि बलियो हुने गर्छ । भारतीय मुद्रा बलियो हुँदा डलरको भाउ ओरालो लागेको हो ।

डलरको भाउ घट्दा यस्तो पर्छ प्रभाव

नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्य देखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ ।

डलरको भाउमा तलमाथि हुने वित्तिकै त्यसको असर प्रत्यक्षरुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य घट्ने वित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा कमी आउँछ । हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा टिकेकेको छ ।

त्यसैले हरेक पटक डलर घट्दा रेमिट्यान्स घट्छ भने बढ्दा रेमिट्यान्समा बढ्छ । डलरको भाउमा ह्रास आउने वित्तिकै नेपाली निर्यातकर्तालाई घाटा हुन्छ । उनीहरुले सामान निर्यात गर्दा आम्दानी कम हुन्छ । नेपाल आयातमुखी भएकोले भुक्तानी गर्नुपर्दा डलरमै गर्नुपर्ने हुन्छ । डलर घट्दा नेपालले कम भुक्तानी गर्नुपर्ने हुन्छ । जसले व्यापार घाटालाई कम गर्न सहयोग गर्छ ।

त्यस्तै, दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु सस्तो पर्न जान्छन् । नेपाल आयातमुखी मुलुक भएकाले डलरको भाउ बढ्दा भन्दा घट्दा फाइदा हुन्छ ।

प्रकाशित: ९ भदौ २०७७ १२:१२ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी