१४ माघ २०७८ शुक्रबार

क्यानडा पठाइदिने भन्दै २१ लाख ठगीको आरोपमा तीन जना पक्राउ

काठमाडौँ ।

प्रहरीले क्यानडा पठाइदिने भनी २१ लाख ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफू प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धुर्ब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई बुधबार धापासीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी रु २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रारम्भिक रुपमा खड्कासँग रु २१ लाख ठगे पनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुन सक्ने प्रहरीले जनाएको छ । पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।रासस

प्रकाशित: ११ भदौ २०७७ ०९:३२ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी