२० मंसिर २०७८ सोमबार

आज पनि घट्यो सुनको भाउ

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।

प्रकाशित: २१ भदौ २०७७ ११:०३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी