अर्थ संसार प्रदेश ४

पोखरा औद्योगिक क्षेत्रका ५८ मजदूर सङ्क्रमित

15 Shares

पोखरा ।

पोखरा औद्योगिक क्षेत्रको एक उद्योगका कार्यरत ५८ मजदूरमा कोरोना सङ्क्रमण देखिएको छ ।

पोखरा फुड्स प्रालिमा कार्यरत मजदूर कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भूषणकुमार उपाध्यायले जानकारी दिए। यसअघि उक्त उद्योगमा कार्यरत ३३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सोमबार बिहान भएको परीक्षणबाट थप २५ जनामा सङ्क्रमण देखिएको हो ।

उपाध्यायका अनुसार औद्योगिक क्षेत्रमा ७६ उद्योग सञ्चालनमा छन् । हाल पोखरा फुड्समा कार्यरत मजदूरमा मात्र सङ्क्रमण देखिएको हो । उक्त उद्योग हाल बन्द गरिएको छ । यससँगै रम्बा जनरल प्रालि र पोखरा नुडल्स पनि अहिले बन्द छन् । यी सबैका सञ्चालक पूर्वमन्त्री हरिप्रसाद पाण्डे हुन् ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार बिहान मात्र पोखरामा ३१ सहित प्रदेशभर ६७ जनामा कोरोना पुष्टि भएको छ । कास्कीको पोखरामा ३१, नवलपुरमा १५, गोरखामा १८ र तनहुँमा तीन जनामा कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ५९८ पुगेका छन् । नयाँ देखिएका ६७ सङ्क्रमित सबै कन्टयाक ट्रेसिङका आधारमा सङ्क्रमित भएका हुन् ।

प्रकाशित: २३ भाद्र २०७७ ०७:४४ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी