२० मंसिर २०७८ सोमबार

सुनको मूल्य एकै दिन ६ सयले बढ्यो

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो । बुधबार (आज) भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १,३१५ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित: २४ भदौ २०७७ ११:१२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी