1
0
Shares

चार सय खानी उत्खनन् तथा खोजतलासका लागि अनुमति

1
1
1

काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७६/७७ मा देशभरका ४०७ खानीलाई उत्खनन् तथा खोजतलासका लागि अनुमति दिएको छ ।

खानी तथा भूगर्भ विभागले आव २०७६/७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन् तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । त्यसमध्ये १४९ लाई उत्खनन् र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो । उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुई लगायत छन् ।

यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको छ । विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन् तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउँछन् ।

“आव २०७४/७५ र आव २०७५/७६ को तुलनामा आव ०७६/७७ मा नेपाली खानी उत्खनन् तथा खोजतलासका लागि आउने कम्पनीको सङ्ख्या बढेको छ”,उनी भन्छन् । आव २०७४/७५ मा १२६ र आव २०७५/७६ मा १२३ खानीलाई उत्खननलाई अनुमति दिइएको थियो । विभागले आव २०७६/७७ मा रु ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा रु ७७ करोड तीन लाख राजश्व आम्दानी गरेको थियो ।रासस

प्रकाशित: २६ भदौ २०७७ १७:२९ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी