काठमाडौं ।
व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि भएको छ । उनले आफ्नो सामाजिक सञ्जाल फेसबूकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको ढकालले बताएका छन् ।
कोरोना पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्यमा कुनै समस्या भने नरहेको समेत उनले उल्लेख गरेका छन् । अहिले उनी घरमै सुरक्षित आइसोलेसनमा बसेका छन्।
उनले केही दिन यता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक सर्तकता अपनाउन आग्रह गरेका छन् ।
प्रकाशित: १२ असोज २०७७ ०९:०६ सोमबार