२० मंसिर २०७८ सोमबार

कात्तिक १ गतेदेखि अनअराइभल भिसा खुला हुने

काठमाडौं ।

कोरोना भाइरसका कारण बन्द गरिएको अनअराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७) देखि खुला गर्ने भएको छ ।

कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहण खुला गर्ने निर्णय भए पनि अनअराइभल भिसाको निर्णय नहुँदा पर्यटक आउने विषयमा अन्योल थियो । पर्यटन व्यवसायीहरूले पदयात्रा र पर्वतारोहण खुला गरे पनि अनअराइभल भिसाका बारेमा निर्णय नगर्दा नेपाल आउन चाहने पर्यटक अन्योलमा परेको भन्दै सरकारसँग पटकपटक अनअराइभल भिसा खुला गर्न माग गरेका थिए ।

पर्यटन मन्त्री योगेश भट्टराईले अनअराइभल भिसाको पेमेन्ट सिस्टमलाई समेत सहजीकरण गर्ने गरी नेपाल राष्ट्र बैंक तथा गृह मन्त्रालय र अध्यागमन विभागसँग समन्वय भइरहेको बताएका छन् । अब नेपाल आउन चाहने पर्यटक स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर आउन सक्ने उनले बताए ।

समूहमा नेपाल आउने पर्यटकहरूका लागि अनअराइभल भिसा खुला गरिएको र नेपाल आउने पर्यटक ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधानसहित मापदण्ड लागू गरिएको पर्यटन विभागका महानिर्देशक रूद्र सिंह तामाङले जानकारी दिए । अब पर्यटक नेपाल आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर बराबरको प्रतिव्यक्ति बीमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ ।

पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोना सम्बन्धी बीमा गर्नुपर्नेछ ।अभियान दैनिकबाट

प्रकाशित: १४ असोज २०७७ ०७:१९ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी