अर्थ संसार प्रदेश ३

कतारबाट आज १४८ जना नेपाली स्वदेश फर्किए

15 Shares

दोहा कतार ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान तथा लकडाउनका कारण स्वदेश फर्कन नसकेका प्रवासमा पीडित अवस्थामा रहेका कामदारलाई स्वदेश फर्काउने नेपाल सरकारको निर्णय बमोजिम कतारबाट चार्टर उडान भई रहेका थिए । तर नेपाल सरकारले असोज १५ बाट खाडी राष्ट्र कतार, युएई र कुवेतबाट नियमित उडान सञ्चालन गर्ने भएसँगै दोहाबाट आज नेपाल एयरलाइन्सले अन्तिम सहजीकरण उडान गरेको छ ।

गएको जुन २० तारिख राति नेपाल एयरलाइन्सकै उडानमार्फत सहजीकरण उडानको सुरुवात भएको थियो । आज भएको उडानमार्फत ४ महिलासहित १४८ जना नेपालीहरू नेपाल फर्किएका छन् । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा सहजीकरण र समन्वय तथा बिदाईका लागि कतारका लागि नेपाली राजदूत नारादनाथ भारद्वाजसहित राजदूतावासका अधिकारीका साथै एनआरएन लगायत नेपाली डायस्पोरा कम्युनिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

दोहाबाट हालसम्म हिमालयन एअरलाईन्सका २ वटा कर्पोरेट उडानसहित नेपाल र हिमालयन एअरलाईन्सले ५२ वटा उडान भरेका छन् । भोलि अर्थात् अक्टोबर १ बाट नेपाल, हिमालयन र कतार एयरवेजको नियमित दैनिक एक, एक वटा व्यवसायिक उडान हुने भएकोले अब उप्रान्त सिधै उक्त विमान सेवाका आधिकारिक ट्राभल एजेन्सीमार्फत टिकट खरिद गरी यात्रा गर्न सकिने भएको छ ।

प्रकाशित: १४ आश्विन २०७७ १६:५४ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी