२० मंसिर २०७८ सोमबार

सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेको मध्ये रु तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्ब बराबरको नयाँ र रु १५ अर्ब २५ करोड बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

प्रकाशित: २६ असोज २०७७ ०८:२९ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी