२ जेठ २०७९ सोमबार
1
1
1
1

अरनिको राजमार्गको स्तर सुधार, तिहार अघि नै कालोपत्रे गरिने

1
1
1
1
1
1

सिन्धुपाल्चोक ।

अरनिको राजमार्ग अन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडक तिहार अघि नै कालोपत्रे गरिने भएको छ । बन्देउदेखि बाह्रबिसेसम्म उक्त राजमार्गको स्तर सुधारको कामले तिब्रता पाएसँगै रू १० करोडको लागतमा अस्फाल्ट सामग्री प्रयोग गरी कालोपत्रे गर्न लागिएको हो ।

पहिले यस्तो प्रबिधिको प्रयोग नगरिएकाले राजमार्गका सडकमै खाल्डाखुल्डी र अनियन्त्रित पानीका कारण साना–ठूला दुर्घटनासमेत यस राजमार्गले व्यहोर्दै आएको थियो । अस्फाल्ट प्रबिधिका सडकहरू उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने सडक बिभागका प्राबिधिक सन्तोष बस्नेतले जानकारी दिए। सोही राजमार्गको खाडिचौरदेखि बाह्रबिसेसम्म भने बेस सिलिङको काम भइरहेको छ ।

राजमार्गका कोठेको एकतर्फी मार्ग, जुरेको पहिरो र बाह्रबिसेदेखि माथिका दर्जनौं स्थानमा भने भूगर्भबिद्हरूको अध्ययन प्रतिवेदनपछि मात्र उच्चप्रबिधिको प्रयोगबाट स्थायी समाधान खोजिनु पर्ने प्राबिधिकहरूको सुझाव छ । कोठे र जुरेमा मात्रै बार्षिक करोडौं रुपैँयाँ सडक मर्मतमा खर्च भएपनि बर्षा अघि बनाइएका संरचना बर्षापछि त्यसको कुनै निसान नै नरहने समस्या छ।

प्रकाशित: २६ असोज २०७७ १४:४२ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी