११ कात्तिक २०७८ बिहीबार

दश वर्षपछि बझाङमा हवाई सेवा शुरु

बझाङ।

बझाङमा मङ्गलबारदेखि नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि पहिलो पटक नियमित हवाइ सेवा सञ्चालनमा आएको हो ।

बझाङ विमानस्थल प्रमुख मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परीक्षण उडान गरिएको र हिजो देखि नियमित उडान शुरु भएको बताए। मङ्गलबार समिट एयरले धनगढीबाट १८ यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान हुने गरी समिट एयरले सेवा दिने भएको हो ।

धनगढी बझाङ बसको यात्रा गर्दा धेरै समय लाग्ने र जोखिमपूर्ण हुने भएकोले हवाई यात्रा गर्दा खुशी भएको यात्रु प्रकाश सिंहले बताए । भाडा दर केही महङ्गो भए पनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पूरा गरिदिएको अर्का यात्रु विराटसिंह कठायतले बताए ।

प्रकाशित: २८ असोज २०७७ ०७:३९ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी