काठमाडौं ।
गत असोज ११ गते कोरोना संक्रमण भएका व्यवसायी चन्द्र ढकाल कोरोना संक्रमणमुक्त भएका छन्।
उनले आफू संक्रमणमुक्त भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । संक्रमणमुक्त भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।
सबैले आफ्नो स्वास्थ्यप्रति राखेको चासो र चिन्ता नै आफ्ना लागि कोरोना जित्ने दरिलो औजार भएको ढकालले बताएका छन्।
प्रकाशित: २९ असोज २०७७ ०९:२४ बिहीबार