११ कात्तिक २०७८ बिहीबार

४५ उद्योगको दर्ता खारेज, एक हजार १४४ नयाँ दर्ता

सिरहा ।

घरेलु तथा साना उद्योग कार्यालय लहान, सिरहाले आर्थिक वर्ष २०७६/७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ । लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय लहानले ४५ वटा उद्योगको दर्ता खारेज गरेको जनाएको छ ।

दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा सो कार्यालयमा एक हजार १४४ नयाँ उद्योग दर्ता भएको र ४४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताए। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सो कार्यालयले ३० उद्योगको दर्ता खारेज गरेको थियो ।रासस

प्रकाशित: २९ असोज २०७७ ११:२१ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी