अर्थ संसार प्रदेश ३

सवारीमा आजदेखि पूरानै भाडादर कायम गर्न व्यवसायीलाई निर्देशन

काठमाडौं ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरुलाई शनिवारदेखि पूरानै भाडादर कायम गर्न निर्देशन दिएको छ । विभागले मन्त्रिपरिषद्को निर्णय अनुसार मध्यम र लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साबिककै भाडादर कायम गर्न निर्देशन दिएको हो ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नु पर्ने र साबिकको भाडादरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था खारेज गरिएको पनि जनाएको छ ।

यसअघि सरकारले गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत असोज १ गतेदेखि लागू हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साबिकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो ।

यो निर्णयलाई पुनर्विचार गर्दै गत २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुवै प्रावधान खारेज गरेको थियो ।

प्रकाशित: १ कार्तिक २०७७ १६:४० शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी