२० मंसिर २०७८ सोमबार

शोधनान्तर स्थिति झण्डै ६८ अर्बले बचतमा

काठमाडौं ।

चालु आर्थिक वर्षको दुई महिना(भदौ) सम्म शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको थियो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक अवस्थाले यस्तो देखाएको हो ।

त्यस्तै, यस अवधिमा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।

त्यस्तै, यस अवधिमा पूँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई १ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रहेको थियो ।

प्रकाशित: ५ कात्तिक २०७७ १५:१८ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी