भोलिदेखि खुल्दै धितोपत्रको दोस्रो बजार

काठमाडौं । दशैँको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ ।

धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म सञ्चालन भएको थियो । बडादशैँको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः सञ्चालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।

बडादसैं अघि गत बिहीवारको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।

प्रकाशित: ११ कार्तिक २०७७ १२:५८ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी