1
1
1

कुलेखानीका तीन वटै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

1
1

मकवानपुर ।

जाडो मौसम शुरुवातसँगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमता अनुसारकै विद्युत् उत्पादन गरिएको छ ।

कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ ।

कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी प्रथम आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले बताए । नेपाल विद्युत प्राधिकरण काठमाडौँले विभिन्न शहरमा विद्युतको आपूर्ति कम हुन गएमा कुलेखानी आयोजनाको उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको उनको भनाइ छ ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ स्थित इन्द्रसरोवर जलाशयमा अहिले पानीको सतह भरिन करिब साँढे पाँच मिटर उचाइ बाँकी रहेको कुलेखानी प्रथम आयोजनाका नियन्त्रण कक्षका प्रमुख रामकुमार चौधरीले जानकारी दिए ।

प्रकाशित: २१ कात्तिक २०७७ १३:४९ शुक्रबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी