२ जेठ २०७९ सोमबार
1
1
1
1

उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलबीच सम्झौता

1
1
1
1
1
1

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलबीच प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ ।

महासंघले पत्रकार सम्मेलन आयोजना गरी ब्रिटिश काउन्सिलसँग गत कात्तिक २७ गते ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना कार्यान्वयन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बताएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ बराबरको बजेटमा १४ महिने कार्यक्रम लागू हुने बताइन् । परियोजनामार्फत व्यवसायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिनेछ । यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने पनि अध्यक्ष राणाले बताइन् । परियोजना मुलुकको औद्योगिक विकासमा सहयोग पुर्याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रमबजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यमा कोशेढुंगा हुने पनि अध्यक्ष राणाले बताइन् ।

यो परियोजनाबाट श्रम बजारसँग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत गर्नेछ । परियोजनाका साझेदार व्यवसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।

प्रकाशित: ४ मंसिर २०७७ १५:३३ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी