११ असार २०७९ शनिबार
1
1
1
1

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, कति छ आज ?

1
1
1
1

काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन १ हजारले घटेर ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यो साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । आज पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयले घटेको छ ।

यस्तै सुन शुक्रबार ९४ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: १० मंसिर २०७७ १०:५३ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी