३ भदौ २०७९ शुक्रबार
1
1
1
1

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले लिए शपथग्रहण

1
1
1
1
1

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको शपथ गराएकी थिइन् । अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।

गोल्छा साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकालसहित उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ आइतबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएका थिए ।

प्रकाशित: १५ मंसिर २०७७ १२:४८ सोमबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी