1
1
1
1

मौद्रिक नीतिको समीक्षाः स्थिर ब्याजदरमा राष्ट्र बैंक लचिलो

1
1
1
1
1
1

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षामा वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले केहि नीतिगत परिवर्तनहरू गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा स्थिर ब्याजदरको व्यवस्थामा लचिलो बन्दै पछाडी हटेको छ । त्यस्तै, शेयर कर्जा तथा रियलस्टेट कर्जामा भने कडाइ गर्न खोजेको छ । राष्ट्र बैंकले ब्याजदर स्थायित्व कायम गर्न अन्य नयाँ नीतिगत व्यवस्था समेत गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बचतको ब्याजदर घटदै गएको अवस्थामा ब्याजदरलाई बढाउने प्रयास गरेको छ । केहि बैंकहरुले मुद्दती निक्षेपमा ९ प्रतिशतसम्म ब्याज दिइरहेको अवस्थामा साधारण बचतमा भने १.२ प्रतिशत मात्रै ब्याजदर प्रदान गर्दै आएका थिए । अब मुद्दती निक्षेप र अन्य साधारण बचत खाताको ब्याजदर ५ प्रतिशत भन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको यो नयाँ ब्यवस्थाले अब ९ प्रतिशत मुद्दतीमा ब्याज दिने बैंकले साधारण बचतमा ४ प्रतिशतभन्दा धेरै ब्याजदर प्रदान गर्नु पर्ने भएको छ । त्यस्तै, राष्ट्र बैंक स्थिर ब्याजदरको नीतिमा पनि केहि लचिलो बनेको छ । स्थिर ब्याजदरमा प्रवाहित कर्जा भुक्तानी अवधी पहिल्यै भुक्तानी भएमा अग्रिम भुक्तानी शुल्क लिन सकिने र सो को समयावधि तोकिन सकिने व्यवस्था गरेको छ ।

बैंकरहरुले यसअघि नै स्थिर ब्याजदरको नीतिमा केहि परिवर्तन गर्न माग गर्दै आएका थिए । बैंकहरुले स्थिर ब्याजदर लागू गर्न नसकिने भन्दै राष्ट्र बैकलाई आग्रह गरेका थिए । तर केन्द्रीय बैंकले कार्तिक १ गतेदेखि स्थिर ब्यादर नीति लागू गरेको थियो ।

त्यस्तै, राष्ट्र बैंकले ६ महिना यताको ब्याज बक्यौता नरहेका ऋणीहरूको धितो लिलाम नहुने व्यवस्था पनि गरेको छ । यसले गर्दा कोरोनाको असर परेका व्यवसायीहरुलाई राहत मिल्नेछ ।

यस्तै, राष्ट्र बैंकले शेयर कर्जा, ब्यक्तिगत कर्जा र रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने भएको छ । अहिले बैंकहरुले शेयर कर्जामा धेरै कर्जा लगानी गरेका कारण राष्ट्र बैंकले उक्त कर्जाको नीतिलाई पुनरावलोकन गर्ने भएको छ । यता अनलाइनमार्फत बस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्राको निश्चित रकमसम्म सहज बनाईने भएको छ ।

प्रकाशित: १९ मंसिर २०७७ १५:५२ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी