काठमाडौं ।
नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले मूल्य बढेको हाे ।
भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले मूल्य बढाउनु परेको आयल निगले जनाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ । हवाई इन्धन र ग्यासकाे मूल्य भने यथावत छ ।
प्रकाशित: २८ मंसिर २०७७ ०६:४४ आइतबार