२० मंसिर २०७८ सोमबार

प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि आईपीओ निष्कासन गर्दै

काठमाडौं ।

सोमबारदेखि प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले ६० लाख कित्ता साधारण शेयरको प्राथमिक निष्कासन गर्नेछ । आईपीओ निष्कासन भएपछि पुस २ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । यो अवधिभित्र सबै आईपीओ बिक्री भएन भने ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्ने गरि इन्स्योरेन्सले कम्पनीले मिति तय गरेको जानकारी दिएको छ ।

पछिल्लो समय नयाँ इन्स्यारेन्स कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता ६ सयदेखि ७ सयसम्म खरिदबिक्री भइरहेको छ । आईपीओ बाँडफाँड समानुपातिक ढंगले सबै आवेदकलाई वितरण हुने भएकाले ६० लाख कित्ताका लागि करिब ९ लाख आवेदन पर्ने आंकलन रहेको छ ।

प्रभु लाइफको १० कित्ता पनि गोलाप्रथाबाटै वितरण हुने भएकाले आम लगानीकर्ताहरुले १० कित्ताका लागि १ हजार मात्रै आवेदन दिन उपयुक्त हुने भएको छ । यद्यपि इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कुल निष्कासन हुने ६० लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सो कम्पनीका कर्मचारीहरुका लागि, अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि कम्पनीले छुट्याइएको छ ।

कम्पनीले चुक्तापूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आइपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित: २८ मंसिर २०७७ १४:२० आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी