२० मंसिर २०७८ सोमबार

राष्ट्र बैङ्कले भोलि छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले सोमबार छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।

सो बिल ०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित: २८ मंसिर २०७७ १८:११ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी