३ भदौ २०७९ शुक्रबार
1
1
1
1

आइएमईद्वारा कोरोनाले विदेशमा ज्यान गुमाउने श्रमिकका परिवारलाई चेक हस्तान्तरण (भिडियोसहित)

1
1
1
1
1

काठमाडौं ।

कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएका नेपाली श्रमिकका आफन्तहरुलाई आइएमईले आर्थिक सहयोग गरेको छ । आइएमईले कोरोना भाइरसका कारण विदेशमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापित आइएमई ‘भरोसा कोष’ले श्रमिकका परिवारलाई सहयोग शुरु गरेको हो ।

आइएमई ‘भरोसा कोष’ स्थापित गरी विदेशमा ज्यान गुमाउने परिवारले कात्तिक मसान्तासम्म आवेदन दिने समय राखिएकोमा कोरोना महामारीको अझ बढ्दो अवस्थाले समय थप गरि मंसिर १५ गतेसम्म देशभरबाट परेका आवेदनको आधारमा ७९ जना श्रमिकका परिवारलाई जनही ५८ हजार ८२३ रुपैयाँका दरले सहयोगस्वरुप चेक हस्तान्तरण गरेको छ ।

आज काठमाडौंमा एक कार्यक्रमका बिच आइएमई गु्रपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमईका ब्राण्ड एम्बास्डर दिपकराज गिरी र दिपाश्री निरौला लगायतले संयुक्तरुपमा काठमाडौंका ७ जना मृतकका परिवारलाई चेक हस्तान्तरण गरेका छन् । रकम भने आएमई पे वालेटबाट भुक्तानी दिने व्यवस्था गरिएको छ । भरोसा कोषको सहयोग रकम यहि पुस मसान्तसम्ममा सबै मृतकका परिवारलाई वितरण गरिसक्ने कोषले जनाएको छ ।

कार्यक्रममा बोल्दै आइएमई गु्रपका अध्यक्ष ढकालले कोरोनाका कारण श्रम गर्नका लागि विदेशमा गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा पीडा थपिएको महसुस गरि यो दुःखको घडीमा थोरै भएपनि दुःखको घाउमा मलपट्टी लगाउने उद्देश्यले आइएमई भरोसा कोषको स्थापना गरि विदेशमा कोरोनाका कारण ज्यान गुमाउने परिवारलाई आर्थिक सहयोगको शुरुवात गरिएको बताए । त्यस्तै उनले आइएमईले स्थापना कालदेखि नै व्यवसाय मात्रै गर्ने गरेको छैन् , यसले विभिन्न संकटको अवस्था जस्तै, बाढी पहिरो, भूकम्प लगायत अहिले कोरोना महामारीमा आम नेपाली जनताको समस्यामा साथ दिइरहेको बताए ।

त्यस्तै, प्रबन्ध निर्देशक हेमराज ढकालले नीजिक्षेत्रबाट स्थापित यस आइएमई भरोसा कोषले कोरोना महामारीबाट प्रभावित परिवारलाई केही थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले यसको शुरुवात गरिएको बताए । उनले दुःखको घडीमा यस्तो सहयोगको शुरुवात गर्दा भोलिका दिनमा अरुलाई समेत उत्साह जाग्दै जान सहयोग मिल्ने बताए ।

ब्राण्ड एम्बास्डर दिपकराज गिरीले श्रम गर्नका लागि विदेश जानु नेपालीहरुको बाध्यता रहेको बताए । उनले यो कोरोना महामारीका कारण विदेशमा श्रम गर्नका लागि गएका कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई दुःखको बेलामा साथ दिने आइएमईको परोपकारी कार्य भएको बताए ।

त्यस्तै , ब्राण्ड एम्बास्डर दिपाश्री निरौलाले पनि नेपालबाट परिवारको लालनपालन गर्नका लागि विदेशी भूमिमा गएका सदस्य गुमाउनु पर्दा बाँच्नेलाई जुन पीडा हुन्छ त्यो पीडा सोच्नै नसकिने हुने र त्यस्तो अवस्थामा रहेका परिवारलाई आइएमईले जुन सहयोग गरेको छ यो एक अनुकरणीय कार्य रहेको बताइन् ।

प्रकाशित: ३ पुष २०७७ १५:३३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी