काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य आज ९ सयले बढेको हो ।
गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार २०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ७०० कायम रहेको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ४० रुपैयाँले बढ्दै १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित: ६ पुष २०७७ ११:०९ सोमबार