1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

यी हुन् उपत्यकामा रहेका अति जोखिमयुक्त पम्पहरू

1
1
1
1
1
1
1
1

काठमाडौं ।

काठमाडौं उपत्यकामा करिब १ सय ५० वटा पेट्रोल पम्प सञ्चालनमा छन्। यी मध्ये ५ दर्जन पम्प सडक र सघन बस्तीमै सञ्चालित छन्।

भक्तपुर ठिमीको बागमती आयल स्टोर, गैरीगाउँ तिनकुनेको भ्याली रिकेश सप्लायर्स, जडीबुटीको कामाख्या आयल स्टोर, बौद्धको जुबी आयल स्टोर र बराल आयल स्टोर, महाराजगन्जको सीता आयल स्टोर, बानेश्वरको थ्री ब्रदर्स आयल स्टोर, बानेश्वर शान्ति नगरको हरिसिद्धि आयल स्टोर, त्रिपुरेश्वर–थापाथली सडकखण्डको मायाराम भोलाराम आयल स्टोर र जयन्ती आयल स्टोर घना बस्ती र सडकछेउमै छन्।

यस्तै टेकु–कालिमाटी सडकखण्डको कनक ट्रेड कन्सर्न, कलंकीका श्यामा आयल सेन्टर, त्रिशूल आयल स्टोर र बाबा आयल स्टोर, सोह्रखुट्टेका कोत:धुकु आयल स्टोर र चक्रपथ फ्युल सेन्टर, एकान्तकुनाको गायत्रीदेवी आयल स्टोर, जाउलाखेलका एचपी इन्टरनेसनल इन्क र साझा आयल स्टोर, लगनखेल बसपार्क पछाडिको मञ्जुश्री पेट्रोल सेन्टर, सातदोबाटो–जाउलाखेल सडकको सेनाको शान्तिदेवी पेट्रोल पम्प, कुमारीपाटीका महायान पेट्रोल पम्प र मच्छिन्द्र आयल स्टोर, चापागाउँका बज्रबाराही पेट्रोल पम्प, बालकुमारी पेट्रोल पम्प र टीका भैरव आयल स्टोरलगायत घना मानव बस्तीबीचमै सञ्चालन भइरहेका छन्।

यस्तो छ मापदण्ड

नेपाल आयल निगम ०२७ पुसमा स्थापना भएको हो। निगमका पूर्वकार्यकारी निर्देशक बच्चुकुमार काफ्लेका अनुसार त्यसभन्दा पहिलेदेखि केही व्यवसायीले भारतबाट इन्धन ल्याएर ड्रममा राखेर बिक्री गर्थे। निगमले पनि त्यो बेला ४ वटा ड्रममा राखेर इन्धन बिक्री गथ्र्याे। निगमले ०३० भदौदेखि व्यावसायिक यात्रा थालेपछि तत्कालीन समयमा आवश्यक पर्ने सामान्य मापदण्ड पम्पको हकमा ल्याएर सञ्चालनका लागि अनुमति दिइयो।

‘त्यतिबेला पनि पम्पहरू मापदण्डभित्रै सञ्चालनमा थिए’, काफ्लेले भने, ‘पछिल्लो समय सडक विस्तार, जनघनत्व वृद्धि, पम्पसँगै घना बस्ती विस्तार भएका कारण पम्पको क्षेत्रफल साँघुरिँदै सडकमा आउन बाध्य भएको हो।’ सरकारले विशेष प्याकेज ल्याएर यस्ता पम्पलाई व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ।

उनका अनुसार चक्रपथबाट हटाउने विषयले पनि चर्चा पायो । तर, उपभोक्ता १० देखि १५ किमि दूरी पार गरी टाढा जान सम्भव नहुने व्यवहारिक पक्ष पनि हेर्नुपर्ने उनको भनाइ छ।

निगमले ०५५ सालमा केही व्यवस्थित मापदण्ड कार्यान्वयनमा ल्याएको थियो। परिमार्जन गर्दै कार्यान्वयनमा ल्याइएको बिक्रेता विनियमावलीभित्रै रहेर पम्पहरूलाई सञ्चालन गर्न अनुमति दिइयो। परिमार्जित भएर आएको विनियमावली अनुसार साधारण बिक्रेता र पेट्रोल बिक्रेताबीचको दूरी ३ सय मिटरभन्दा बढी हुनुपर्छ । पूर्व–पश्चिम राजमार्गको हकमा ५ सय मिटर कायम गरिएको छ।

उपत्यकामा सय मिटर दूरीमै दुई वटासम्म पम्प छन्। बिक्री केन्द्रमा अनिवार्य २ थान अग्नि नियन्त्रक यन्त्र, २ हजार लिटरको पानीको स्टोरेज ट्यांकी, १० लिटर क्षमताको बालुवा भरेको बाल्टिन ८ थान, खन्ने पिक स्टान्डसहित ४, साबेल ४, विद्युत्को आपतकालीन सटअप सिस्टम सबैले देख्ने स्थानमा राख्नुपर्ने, जेनेरेटरदेखि अन्डरग्राउन्ड स्टोरेज ट्यांक र डिस्पेन्सिङ पम्पको दूरी १० मिटर हुनुपर्ने लगायत मापदण्ड छ।

तत्कालीन समयमा पम्प सञ्चालन गर्ने मापदण्ड निगमसँग थिएन। उपत्यकाको जनघनत्व कम थियो। त्यो बेला निगमको आग्रहमा व्यवसायीले मापदण्डबिनै पम्प सञ्चालन गरेका थिए।अन्नपूर्णबाट

प्रकाशित: १२ पुष २०७७ ०७:४७ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी