२० मंसिर २०७८ सोमबार

राष्ट्र बैंकले आज दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकका अनुसार १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो ।

सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यस अघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित: १३ पुष २०७७ ०७:१४ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी