३ भदौ २०७९ शुक्रबार
1
1
1
1

किन हटाईंदै छ न्यूरोडको ‘अम्रेला स्ट्रिट’ ?

1
1
1
1
1

काठमाडौं ।

काठमाडौंको न्यूरोडमा रहेको ‘अम्रेला स्ट्रिट’जुन उद्देश्यले राखिएको थियो, त्यो उद्देश्य पुरा नभएपछि हटाइने भएको छ ।

करिव १० महिनासम्म कोरोना महामारीले व्यापार व्यवसाय बन्द भएका कारण मानिसको चहलपहल बढाउने र ठप्प भएको व्यापार व्यवसाय माथि उठाउने अर्थात व्यापार बढाउने उद्देश्यले १५० मिटरमाथि रंगीचङ्गी छाताहरु राखेर संकटा मन्दिर जाने सडकका सजाइएको थियो ।

तर व्यापारीहरुले सोचे जस्तो नभएर उल्टो मान्छेको अस्वाभाविक भिडभाड बढेको तर व्यापार भने झन ठप्प भएको तथा मानिसहरुको भिड बढ्न थालेपछि व्यवस्थापन गर्न समेत कठिन भएकोले छाताहरु सबै बन्द गर्न लागिएको संकटा क्लबले जनाएको छ ।

संकटा क्लब र त्यहाँका व्यापारीहरु बीच चिया गफमा छाता राख्ने योजना बनेको थियो । यो योजना सफल पनि भयो । रंगीचङ्गी छाताहरु १० दिनभित्रमा राखिएका थियो । तर यसरी राखिएको १० दिनभित्रै बन्द हुने अवस्थामा पुगेको छ ।

न्यूरोडको संकटा मन्दिर तर्फको सडक गत पुस ९ गतेदेखि ‘अम्रेला स्ट्रिट’को रुपमा चिनिन थाल्यो । यहाँ काठमाडौं उपत्यकाका टाढा टाढाका स्थानबाट टिकटक बनाउन र फोटा खिच्नका लागि आउने भएकाले अस्वभाविक भिडभाड बढ्न थालेकाले कोरोना भाइरस संक्रमणको डर तथा व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएकाले बन्द गर्नु पर्ने अवस्थामा पुगेको छ ।

‘अम्रेला स्ट्रिट’मा ४ सय ३० वटा छाता राखिएका छन् । ‘अम्रेला स्ट्रिट’मा दैनिक १५ हजार आसपासमा मानिसहरु आउने गरेका थिए ।

 

प्रकाशित: १९ पुष २०७७ १४:२० आइतबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी