1
1
Kendrabindu - News & Articles from Nepal

बुधबार पाँचौं निर्यात दिवस मनाईंदै

1
1
1
1
1
1
1
1

काठमाडौं ।

नेपाल निर्यात परिषद्ले पाँचौं निर्यात दिवस मनाउने भएको छ । परिषद्ले पुष २२ गते पाँचौं निर्यात दिवस–२०७७ मनाउन लागेको हो ।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार’ भन्ने नाराका साथ निर्यात दिवस मनाउन लागिएको बताए।

नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्धनको निमित्त प्रतिष्पर्धी बनाई निकासी अभिवृद्धि गर्न उद्योगी व्यवसायीहरुलाई प्रेरित गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष निर्यात दिवस मनाउँदै आएको छ । यस्तै निर्यात व्यवसायीबीचको समस्या र व्यवसायीक एेक्यवद्धता देखाउन, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन, सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गर्न, निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले पनि निर्यात दिवस मनाउँदै आएको अध्यक्ष कार्कीले बताए ।

निर्यात दिवसको अवसरमा कोभिड–१९ ले नेपाली निर्यातजन्य वस्तुहरुमा पुर्याएको असर, समस्या समाधानका उपायहरु लगायत वस्तुको प्रवर्धन र विकासका लागि अपनाउनु पर्ने अल्पकालिन, मध्यकालिन र दीर्घकालिन रणनीतिहरु सम्बन्धमा उद्यमी व्यवसायीहरुलाई जानकारी दिने र आगामी दिनमा निकासी अभिवृद्धि गर्ने तर्फ निर्यात दिवसले प्रेरित गर्ने विश्वास समेत परिषद्ले गरेको छ ।

प्रकाशित: २० पुष २०७७ १७:०८ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी