1
0
Shares

निर्यात दिवस : नेपाली वस्तुको निर्यात प्रवर्धनका लागि उद्योगी व्यवसायीहरुको जोड

1
1
1

काठमाडौं ।

उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिएका छन् ।

पाँचौं निर्यात दिवसको अवसरमा नेपाल निर्यात पारिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले निर्यात जन्य वस्तुहरुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी बढाउनु पर्ने बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कुनै पनि वस्तुको बाह्य बजार खोज्नु भन्दा पहिला आन्तरिक बजारमा प्रवद्र्धन गरिनु पर्ने बताए। त्यसका लागि सबै नेपालीले नेपाली वस्तुको प्रयोग गर्ने बानि बसाल्न विभिन्न एक्सपो लगायतका प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनाको कारणबाट धरासायी बनेको निर्यात क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबै उद्योगी व्यवसायीहरुले एकैसाथ काम गर्नुपर्ने बताए । यस्तै महासंघको तर्फबाट निर्यात प्रवर्धनमा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

कार्यक्रममा निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निर्यात व्यवसायमा आइ पर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवर्धनका लागि निर्यात परिषद्ले काम गर्दै आएको बताए।

नेपालबाट आर्थिक वर्ष २०७६/०७७ मा कुल निकासी ७७ अर्ब ७० करोड ९१ लख ५ हजार रुपैयाँ बराबरको भएको थियो । यस्तै आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनासम्ममा नेपालको कुल निकासी ५० अर्ब ५५ करोड ६ लाख ८ हजार मूल्य बराबरको भएको छ । नेपालबाट निर्यात हुने मूख्य वस्तुहरुमा उनी, गलैचा, पस्मिना, चिया, जुटका उत्पादन, अदुवा, नेपाली कागज लगायत रहेका छन् ।

प्रकाशित: २२ पुष २०७७ १५:३० बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी