११ असार २०७९ शनिबार
1
1
1
1

राष्ट्रिय वाणिज्य बैंकको ५६ औँ वार्षिकोत्सव

1
1
1
1

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६ औँ वार्षिकोत्सव मनाएको छ । सोमबार सिंहदरबारप्लाजा, काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजनाका साथ ५६ औँ वार्षिकोत्सव मनाएको हो ।

पछिल्लो समय बैंकहरुको प्रतिस्पर्धा चलेको छ । कसले छिटो छरितो सेवा प्रवाह गर्ने तथा कसले के–कस्ता नयाँ नयाँ कार्यक्रमहरु ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ । डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले आफू डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको छ ।

खासगरी कोभिड १९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडि बढाउने र यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भएपनि बैंकका गतिविधि अगाडि बढाउने उनको भनाइ छ ।

ग्राहकलाई नयाँ सेवा सहज तरिकाले कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भिर रहेको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताए। कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उनको भनाइ छ । देश विदेशमा रहेका नेपालीहरुमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उनले बताए ।

गाउँ गाउँमा वित्तिय पहुँच पुर्याउन राष्ट्रिय वाणिज्य बैंक डिजिटल प्रणालीमार्फत् क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएर अघि बढेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत बताउँछन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्रमशः डिजिटल माध्यममा प्रवेश गरिरहेको छ । बजारमा प्रतिस्पर्धामा उत्रिन डिजिटल माध्यमबाट नयाँ नयाँ सेवा सुविधा दिनुपर्नेमा आफ्नो ध्यान गएको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६ औँ वार्षिकोत्सव आगामी १० गते औपचारिक कार्यक्रम गर्दैछ ।

प्रकाशित: ५ माघ २०७७ १५:३८ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी