११ माघ २०७८ मंगलबार

पाँचाैँ जेनेरेशनको होण्डा सिटी नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं ।

नेपालका लागि होण्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको पाँचाैँ जेनरेशनलाई नेपाली बजारमा भित्र्याएको छ । होण्डाको मुख्य शोरुम धोविघाटमा एक कार्यक्रमको आयोजना गरि कम्पनीले विभिन्न ६ भेरियन्टमा नयाँ जेनेरेशन होण्डा सिटीलाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।

होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको छ । आकर्षक डिजाइन भएको होण्डा सिटीको यस जेनरेशनको लम्बाई र चौडाई अघिल्लो जेनरेशन भन्दा बढी रहेको छ । अहिले कम्पनीले सिटीको भि म्यानुयल, भि अटोमेटिक, भिएक्स म्यानुयल, भिएक्स अटोमेटिक, जेडएक्स म्यानुयल र जेडएक्स अटोमेटिक भेरियन्ट नेपाली बजारमा ल्याएको हो । होन्डा सिटी प्रिमियम सेडान सेग्मेन्टमा विक्री हुँदै आएको कार हो । होन्डाले यसको नयाँ जेनेरेशन मोडल सन् २०२० को मध्यमा सार्वजनिक गरेको थियो ।

१.५ लिटर वाटर कुल्ड इनलाइन ४ सिलिण्डर, आईभिटीइसी डिओएचसी इन्जिन, साइड मार्क लाइट, लेन वाच क्यामेरा जस्ता अन्य धेरै विशेषताहरु रहेको होण्डाको यस कारले नेपाली ग्राहकमाझ चाडै राम्रो छाप छोड्ने स्याकार ट्रेडिङका चियरम्यान सौरभ ज्योतीको विश्वास रहेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको डिजेल इन्जिन पनि उपलब्ध रहेको भएपनि स्याकार ट्रेडिङले नेपालमा पेट्रोल इन्जिन मात्र उपलब्ध गराएको छ ।

होण्डा सिटीमा रहेको १४९८ सीसी क्षमताको इन्जिनले अधिकतम ६६०० आरपीएममा १२१ हर्स पावर र ४३०० आरपीएममा १४५ एनएम टर्क प्रदान गर्छ । ६ स्पीड म्यानुयल र सिभीटी गियरबक्स यसमा दिइएको छ । यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । नयाँ सिटीको लम्बाई ४५४९ एमएम, चौडाई १७४८ एमएम र उचाई १४९८ एमएम रहेको छ । यसमा कम्पनीले २६०० एमएमको ह्वीलवेस दिएको छ भने ५०६ लिटरको बुटस्पेश पाउन सकिन्छ ।

अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक रहेको सिटीमा १६ इन्चको अलोय ह्वील दिइएको छ । कारमा प्रयोग गरिएका विभिन्न लाइटहरु एलइडी छन् । १७.७ सेन्टिमिटरको फुल एचडी टिएफटी डिस्प्ले, ८ वटा स्पीकर, इन्फोटेन्टमेन्ट सिस्टम, सुरक्षाका लागि एबीएस, इबीडी, एयरव्याग, हिल स्टार्ट असिस्ट, प्रजेक्टर हेडल्याम्प, डे टाइम रनिङ लाइट जस्ता फिचर नयाँ सिटीमा उपलब्ध रहेका छन् ।

सिटीको सुरुवाती भेरियन्ट भि म्यानुअलको मूल्य ५३ लाख ९० हजार र भि अटोमेटिकको मूल्य ५९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै भिएक्स म्यानुयलको मूल्य ५९ लाख ९० हजार र भिएक्स अटोमेटिकको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । होण्डा सिटीको टप भेरियन्ट जेडएक्स म्यनुयलको मूल्य ६३ लाख ९० हजार र जेडएक्स अटोमेटिकको मूल्य ६९ लाख ९० हजार निर्धारण गरिएको स्याकार ट्रेडिङले जनाएको छ ।

 

प्रकाशित: ५ माघ २०७७ १९:४४ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी