अर्थ प्रदेश ३

एनसेलद्वारा ग्राहकहरुका लागि च्याटबोट सेवा ‘माया’ सुरु

15 Shares

काठमाडौं ।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवामार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक म्यासेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ । ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोसमेत गर्न सक्नेछन् । माघ ४ गतेदेखि नै एनसेलका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा यो सुविधा उपलब्ध भइसकेको एनसेलले छ ।

कम्पनीका अनुसार यो प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद, भिसा तथा मास्टरकार्डबाट रिचार्ज, ब्यालेन्स चेक र अफरहरुको बारेमा समेत जानकारी लिन सक्नेछन् । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो सेवा सुरु गरेको हो । आगामी दिनमा पनि यही अभियान अन्तर्गत नयाँ सेवाहरु ल्याउने कम्पनीले जनाएको छ ।

प्रकाशित: ६ माघ २०७७ १२:४९ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी