अर्थ प्रदेश ३

उद्योग वाणिज्य महासङ्घको पूँजी बजार समिति विस्तार

15 Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासङ्घले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ ।

महासङ्घका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया छन् । यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल रहेका छन् । यस्तै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्तकुमार पौडेल छन् ।

उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको विकास गर्ने लक्ष्य राखेको छ । पूँजीबजारमा वैदेशिक लगानी भित्र्याउन पूँजी बजार सम्बन्धी ऐनकानूनमा समसामयिक सुधारका लागि सहजीकरण गर्ने, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दो सूना आदानप्रदान गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ ।

प्रकाशित: १० माघ २०७७ ११:२८ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी