१५ माघ २०७८ शनिबार
1
1
1

इसेवा १२ औँ वर्षमा प्रवेश, एजेन्ट नेटवर्क एक लाख माथि

1
1
1
1
1
1
1
1
1

काठमाडौं ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न सफल भएको छ । यो अवधिमा इसेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठुलो योगदान दिन सफल भएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । यसैगरी अप्रत्यक्षरूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।

कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई इसेवाले वित्तीय कारोबार गर्ने महत्पपूर्ण माध्यम बनाउन सफल भएका इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताएका छन् । सापकोटाले आगामी दिनमा इसेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजाने पनि बताएका छन् ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा पनि आम मानिसको जनजीवनमा सहजता ल्याउने खालका सेवा विस्तार गर्दै अगाडि बढ्ने कम्पनीको योजना रहेको छ ।

तीन जना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तरगत इसेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले एकहजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ ।

प्रकाशित: १२ माघ २०७७ १९:०३ सोमबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी