नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल

नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल


काठमाडौं ,

पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले सो जानकारी दिएका हुन् । “पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको छ”, मिर्गौला रोग विशेषज्ञ डा काफ्लेले भने ।

डा काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमिर्गौला प्रत्यारोपण नेपालमै गर्न लाग्नुभएकोमा यो नेपाली चिकित्सकको लागि ठूलो अवसर भएको बताए। उनले प्रत्यारोपणको तयारी राम्रो भएकाले शल्यक्रिया सफल हुनेमा ढुक्क हुन आग्रह गरे।

वरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले पनि प्रधानमन्त्रीले आफ्नो मिर्गौलाको प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताए । डा दीक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नागरिक आवतजावत गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने बताए ।

डा देवकोटाले शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा श्यया तयारी अवस्थामा राखिएको बताए । त्यस्तै काठमाडौँ उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको उनले स्पष्ट पारे ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिएको जानकारी दिए । कोरोनाको सङ्क्रमण ८० देखि ८२ प्रतिशत चाहीं सामान्य रुघाखोकी र बाँकी निमोनिया लगायतबाट देखिने उनले स्पष्ट पारे । साबुन पानीले नियमित हात धुन, अनावश्यक भीडभाडमा नजान र मास्क लगाउन उनको सुझाव थियो ।रासस

Skip This
Logo