१९ मंसिर २०७८ आइतबार

नेप्से परिसूचक ३७.७० अंकले बृद्धि, होटल क्षेत्र मात्रै ८.७६ प्रतिशत बढ्यो

काठमाडौं ।

आइतबार ५४.७५ अंकले घटेर राताम्मे भएको नेप्से परिसूचक सोमबार भने हरियाली छाएको छ । साताको दोस्रो दिन नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ ।

आज कारोबारमा म्यूचुअल फन्ड र माइक्रोफाइनान्स बाहेक अन्य सबै समूह हरियाली भएर कोरोबारमा उछाल देखिएको छ । सबैभन्दा बढी होटल क्षेत्रमा ८.७६ प्रतिशतको वृद्धि भएको छ । होटल क्षेत्र बाहेक अन्य विकास बैंक, फाइनान्स, जीवन बीमा कम्पनीको शेयरमा पनि उल्लेख्य वृद्धि भएको छ ।

आज ३७.७० प्रतिशतले बृद्धि भएको नेप्सेमा कुल ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ रुपैयाँको कारोबार भएको छ । जसमा १२९ कम्पनीका लगानीकर्ताले कमाउँदा ३३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा बढी कमाउनेमा सेञ्चुरी कमर्सियल बैंक छ । जसको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता २५३ रुपैयाँ पुगेको छ । मर्जरको हल्लासँगै बैंकको शेयर बजारमा उछाल देखिएको छ । त्यसैगरी प्रोग्रेस फाइनान्सको शेयर पनि १० प्रतिशतले बढेको छ । त्यसैगरी पोखरा फाइनान्स, प्रभु लाइफ र माउन्टेन इनर्जीको शेयरमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

प्रकाशित: १९ माघ २०७७ १८:०१ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी