1
1
1

डोल्पाका १२१ घरलाई निःशुल्क चुलो र सिलिन्डर

1
1

डोल्पा ।

डोल्पाका एक समाजसेवीले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँडेका छन् । ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गरेका हुन् ।

व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताए । सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुढाले जिल्लामै नमूना काम गरेको बुढाको भनाइ छ ।

दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा बुढाले जानकारी दिए । घरव्यवहारले गाँजिएका महिलालाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अँगेना चुल्होमा कष्टका साथ खान पकाउनुपर्ने अवस्था देखेर वितरण गरेको उनको भनाइ छ ।

त्यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जङ्गल नै भएकाले स्थानीयवासीको जङ्गलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाको भनाइ छ । “वनजङ्गल जोगाउन विद्युतीय चुल्हो, ग्यास चुल्होलगायत इन्धनको वैकल्पिक स्रोत खोज्न आवश्यक छ”, उनले भने । ग्यासको प्रयोगबाट समय पनि बचत हुने र स्वास्थ्यलाई पनि कष्ट नहुने उनीहरुको भनाइ छ ।

प्रकाशित: २० माघ २०७७ १२:३९ मंगलबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी