काठमाडौं ।
साताको तेस्रो दिन मंगलबार भएको कारोबारमा नेप्से परिसूचक ६५.४९ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६५.४९ अंकले वृद्धि भएर २४७१.३४ विन्दुमा रोकिएसँगै कारोबार बन्द भएको छ ।
आज शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले उकालो लागेको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर ५७ करोड ८७ लाख ९८ हजार ९७४ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको ५१ करोड, नेपाल दूरसंचार प्राधिकरणको ३७ करोड शेयर कारोबार भएको छ ।
आजको कारोबारमा होटल क्षेत्र बाहेकका सबै समूह हरियाली भएर कोरोबारमा उछाल देखिएको छ । आज १० प्रतिशतले मूल्यबृद्धि भएर सबैभन्दा धेरै मुनाफा प्रभु लाइफ इन्स्योरेन्सले गरेको छ । यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनीको पनि १० प्रतिशतले नै शेयर मूल्य बढेको छ । अन्य १५ वटा कम्पनीका शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेका छन् ।
आज १ करोड ५३ लाख २५ हजार ६२३ कित्ताको कारोबारमा ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपैंयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित: २० माघ २०७७ १६:३९ मंगलबार