प्रधानमन्त्री ओली धनगढी पुगे, सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री ओली धनगढी पुगे, सुरक्षा व्यवस्था कडा


काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज नेकपा कैलालीले आयोजना गरेको जनसभामा सहभागी हुन धनगढी पुगेका छन् ।

उनी केहीबेर अघि धनगढी पुगेका हुन् । प्रधानमन्त्री धनगढी पुग्दा नेकपाकै प्रचण्ड नेपाल समूहले भने विरोध गरेको छ ।

धनगढीमा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिममा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले पनि आजको कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनपछि पछिल्ला दिनहरुमा नेकपाका दुवै समूहले आआफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् । ‘दाहाल र नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ । यता ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ ।

Logo