एनआरटीमाथि फ्रेन्ड्सको जित

एनआरटीमाथि फ्रेन्ड्सको जित


काठमाडौं ।  फ्रेन्ड्स क्लबले  शहीद स्मारक ए डिभिजन लिगको शीर्ष छैटौंमा पर्ने योजनालाई बलियो पार्ने क्रममा मंगलबार न्युरोड टिम (एनआरटी) माथि जित हासिल गरेको छ ।

१० औं चरणको अन्तिम खेलको अन्त्यतिर गोल गर्दै फ्रेन्ड्सले एनआरटीलाई २–० ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सन्जोग महर्जनको गोलबाट फ्रेन्ड्सले ७८ औं मिनेटमा अग्रता लिएको थियो । ८० औं मिनेटमा वाग्नर डि कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे ।

जितपछि १४ अंक पुगेको फ्रेन्ड्स च्यासल युथ क्लबलाई पछि पार्दै नवौं स्थानमा उक्लेको छ । आठौं स्थानको नेपाल पुलिस क्लबको पनि समान १४ अंक नै छ । एनआरटी १५ अंकसहित सातौं स्थानमा छ । लिगमा बुधबार विश्राम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ११ औं चरणका खेल बिहीबार सुरु हुनेछ ।

Logo