नासा नेसनल कार्टिङ्ग टिमको घोषणा

नासा नेसनल कार्टिङ्ग टिमको घोषणा


काठमाडौं ।

धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा शनिबार एक कार्यक्रमका बीच नासा नेपालले आउदो ४ वर्षका लागि नेसनल कार्टिङ्ग टिमको घोषणा गरेको छ ।

कुल ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा नासा कर्टिङ्गका संयोजक अनिल बराल, नेपाल मोटर स्पोर्ट्स क्लबका आशिष लामिछाने, नासाका आइडिपी तथा इभेन्ट संयोजक सन्तोष न्यौपाने, टु व्हिल्लर्स इभेन्टका प्रमुख बिनोद तण्डुकारले खेलकुद, कार्टिङ्ग खेलको नियम तथा प्रकृयाबारे तालिम दिएका थिए ।

तालिम लगतै कार्टिङ्ग टिम बीच छोटो प्रतियोगिता समेत सम्पन्न गरियो । ३-३ ल्यापको उक्त प्रतियोगितामा पुरुषतर्फ सुवर्णसिं बिस्ट पहिलो, राम बिक्रम थापा दोश्रो, मन्चन तिवारी तेस्रो भए । महिलातर्फ आकृति बेलबासे पहिलो, नितु श्रेष्ठ दोस्रो, सुष्मा नेपाल तेस्रो भए ।

नासा नेपालले यस अघि नैसिङ्गापुरस्थित सर्किटमा अन्तराष्ट्रिय कार्टिङ्ग प्रतियोगिता सम्पन्न गरेको थियो । शाहसिक तथा पर्यटकीय खेलकुदको क्षेत्रमा कार्टिङ्ग खेल पनि यूवा समुह बीच लोकप्रिय हुदै आएको अवस्थामा यसले नेपाल भ्रमण वर्षको प्रवर्धन गर्नुका साथै नेपालको प्रर्यटन प्रवर्धनमा समेत योगदान दिने विश्वास गरिएको नासा कार्टिङ्गका संयोजक अनिल बरालले जनाए ।

Logo