टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपूरका श्रेष्ठको मृत्यु

टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपूरका श्रेष्ठको मृत्यु


काभ्रे।

टिपरको ठक्करबाट काभ्रेको मण्डनदेउपूरका प्रदिप श्रेष्ठको मृत्यु भएको छ । जिल्लाको पाँचखाल नगरपालिका ५ स्थित ३७ किलोमा बा ४ ख ११४५ नम्बरको टिपरले बा ८५ प ६०२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मण्डनदेउपूर नगरपालिका ७ पौवाका  वर्ष २३ का प्रदिप श्रेष्ठको मृत्यु भएको हो ।

एउटै दिशामा रहेका दुवै सवारी साधन मध्ये मोटरसाइकललाई टिपरले ठक्कर दिएपछि मोटरसाइकल चालक घाइते श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरनिको र हेलम्बु राजमार्गमा टिपरको ठक्करबाट हरेक महिना जसो यस्तै अप्रिय घटना हुने गरेका छन् । केहि दिन अघि मात्र दुर्घटना नगराउने भन्दै जिल्लामा संचालित टिपर चालकहरुले प्रहरी सामु सपथ खाएपनि टिपर दुर्घटनामा कमी आउन सकेको छैन ।

 

Skip This
Logo