२७ साउन २०७९ शुक्रबार
1
1
1
1

सी—आस्वा सेवा सञ्चालन

1
1
1
1
1

एन आई सी एशिया बैंक लिमिटेडले सी—आस्वा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा फागुन ११ गतेबाट अनिवार्य रुपमा सी—आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशनपछि एन आई सीले उक्त सेवा सुरु गरेको हो ।

उक्त प्रणाली मार्फत आवेदन दिंदा सी—आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहकलाई समयमै सी—आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्वेश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

अब यस बैंकका ग्राहकले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई सी—आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै ग्राहकहरुले बैंकबाट सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी—आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित: २४ माघ २०७४ १२:४१ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी